Nehodí se? Vůbec nevadí! Zboží můžete vrátit až do 30 dní
S dárkovým poukazem nešlápnete vedle. Obdarovaný si za dárkový poukaz může vybrat cokoliv z naší nabídky.
Až 30 dní na vrácení zboží
तुलसी आचार्यका प्रस्तुत सङ्कलनका कवितामा जीवनका अनेकौंँ आयामहरूको मार्मिक र भावनात्मक चित्रण भएको छ । बाआमाको पहिरनको स्मृति र आफ्नो बालकले उजागर गरेका पुस्तान्तरका सम्झनामा लेखिएका कविताहरूबाट आरम्भ भएको सङ्ग्रहले विषयहरूको प्रयोगात्मक संयोजन गरेको छ । तिनमा बा र हजुरबाको, "आमाका भोगाइ"हरू अनि देशको सम्झनाको अत्यन्त मार्मिक प्रकारले प्रयोग गरिएको छ । कविताका विषयहरू साधारणदेखि लिएर अधिकाव्यिक, दार्शनिक र मातृभूमिजन्य शीर्षकहरूमा फैलिएका छन् । स्मृति र प्रणयरागको प्रयोग अनि आफू सम्प्रति कालमा बसेको भूमि जर्जियाले दिएका काव्यिक क्षणहरूमाथिका उद्गार यो सङ्कलनका कविताको अर्को सुन्दर पक्ष हो । नेपालमा आफ्नी पत्नीलाई लेखेको पत्र र नेपाल भूमिको स्मृतिसँग जोडिएर लेखेका कविताहरू मार्मिक र आकर्षक छन् । केही गद्यात्मक शैलीमा अनि कङ्क्रिट पोइट्रीको शब्दचित्रजन्य प्रयोग गरी लेखिएका कवितामा आचार्यको काव्यसाधनाको फराकिलो पक्ष भेटिन्छ । समग्रमा, योे जीवनका सहज, चुनौतीपूर्ण र भावात्मक पक्षमा लेखिएका पठनीय कविताहरूको सङ्कलन हो ।
- डा. अभि सुवेदी
प्रस्तुत कविता-सँगालोमा तुलसी आचार्य प्रतिनिधि प्रयोगधर्मी कविका रूपमा उभिएका छन् । प्रचलित काव्यविधानलाई छाडेर नवीन वा अतिरिक्त काव्यसत्य चम्काउने उनको सत्प्रयास छ । सुन्दर विम्ब, उच्च लालित्य र भाव-गाम्भीर्यका साथ उनले युगीन चेतनाको शङ्खघोष गरेका छन् । हरेक शब्दमा जीवनको मधुरस भरिएको छ । शब्दले शब्दलाई धक्का दिएर आफ्नो ठाउँ बनाएका छन् । काव्यको घनत्व गाढा छ । उनका कविता पाठकको अन्तस्थलमा आफ्नो रैन बसेरा बनाउन सफल हुनेछन् ।
-राजकुमार बानियाँ
Ahoj! Jsem Libroamiko, tvůj knižní rádce.
Jak ti můžu pomoct?